४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सूर्या लाइफको नयाँ लोगो सार्वजनिक

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ। उक्त नयाँ लोगो कम्पनीका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमाविज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

कम्पनीको सञ्चालक समिति अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अघि बढ्ने विश्वास गरे। त्यस्तै, कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बिमित/सेवाग्राहीलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटोछरितो रूपमा उपलब्ध गराउन सञ्चालक समितिबाट व्यवस्थापनलाई पूर्ण सहयोग रहने उनको प्रतिबद्धता छ। 

प्रकाशित: १० कार्तिक २०७८ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App