३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फुजीमाले गर्‍यो उत्पादन पछिको ग्यारेन्टी बिमा

फुजीमा आयल लिमिटेडले उत्पादन पछिको ग्यारेन्टी बिमा गरेको जनाएको छ।  फुजीमा आयलका उत्पादनका कारण कुनै नोक्सानी भए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न उत्पादन पछिको ग्यारेन्टी बिमा गरिएको फुजीमा आयल विराटनगरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाले आफ्नो उत्पादन गुणस्तरीय  भएकाले उपभोक्तालाई ढुक्कसँग प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले उत्पादन पछिको ग्यारेन्टी बिमा गरिएको बताए। उनले फुजीमा आयलका उत्पादनको प्रयोगले उपभोक्तालाई कुनै क्षति पुगे एक करोड रुपैयाँ सम्मको बिमा उपभोक्ताले दाबी गर्न सक्ने बताए।

कोइरालाले आफ्नो उत्पादनको प्रयोगले कुनैपनि समस्या आएमा इन्सोरेन्स मार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजीमा आयल प्रालिले गरेको दाबी गरे। विदेशमा भने यस्तो व्यवस्था धेरै पहिलेदेखि नै प्रचलनमा रहेको कोइरालाको भनाइ छ। फुजीमा आयल प्रालिले  कन्ट्रोल, म्याजिक प्लस र रोयल ब्राण्डमा लुब्रिकेन्टस् र ग्रीजको उत्पादन तथा बिक्री गर्दै आएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App