१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २सय रुपैयाँँले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँँ तोकिएको छ। सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १ सय रुपैयाँँ रहेकामा सोमबार ९१ हजार ९ सय रुपैयाँँ थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ कायम छ। चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो।

प्रकाशित: ९ कार्तिक २०७८ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App