१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १००मा कारोबार भएको थियो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। 

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रहेको छ। तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६५ पुगेको छ। चाँदी आइतबार प्रतितोला एक हजार २६० मा कारोबार भएको थियो।

प्रकाशित: ८ कार्तिक २०७८ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App