२० मंसिर २०७८ सोमबार
अर्थ

सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय तोकिएको छ। छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार एक सय ५० मा कारोबार भएको थियो।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ। चाँदी गत सोमबार प्रतितोला एक हजार १८० मा कारोबार भएको थियो।

प्रकाशित: १ कार्तिक २०७८ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App