टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।
सन् २०१८ मा टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रूपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी विक्री हुने स्कुटर बन्न पुगेको कम्पनीको दाबी छ।
प्रकाशित: १८ आश्विन २०७८ ०१:५८ सोमबार