१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पहाडी जिल्लामा दसैं अगावै चामल पठाउने तयारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा पठाउन तयार पारेको चामल। तस्बिर: गणेश/नागरिक

दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगावै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ। लुम्बिनी र कर्णालीका २१ स्थानमा चामल ढुवानी गर्न थालिएको हो।

लुम्बिनीका दाङ, रोल्पा, प्युठान र कर्णालीका हुम्ला, मुगु, डोल्पा, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोटलगायतका जिल्लामा चामल पठाउने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। अहिले यी जिल्लामा चामलको माग अत्यधिक छ। नीजि क्षेत्रभन्दा सरकारी चामल सस्तो हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै आएको छ।

‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कार्यालय प्रमुख रामबहादुर विष्टले भने, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौं।’ अहिले दुईवटा मिलमा चामल कुट्ने काम भइरहेको भन्दै उनले जनशक्ति अभाव हुँदा पहाडी जिल्लामा चामल पठाउन ढिलाइ भएको बताए। दसैंमा नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको बताइएको छ।

चामल कुट्नलाई सरकारले दुईवटा मिलसँग मात्र सम्झौता गर्दा पनि समयमै मिल व्यवसायीले चामल तयार गर्न सकेका छैनन्। उनका अनुसार नेपालगन्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ। ति जिल्लाबाट योभन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाइने उनको भनाइ छ। अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी नोलगन्जमा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टीम जिरा मसिनो चामल पाइन्छ। तराइभन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको बढी माग छ। चामल पठाउन ढिलो हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई समस्या हुँदै आएको छ। कर्णालीका कतिपय जिल्लामा खाद्य संकटसमेत हुने गर्छ।

प्रकाशित: ११ आश्विन २०७८ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App