शनिबारदेखि सुरु इपिएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको छ।
आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले इपिएलमार्फत मानिसमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ। इपिएलले लामो समयदेखि घरमै रहेका मानिसका लागि ठूलो राहत ल्याएको छ।
क्रिकेट पारखीले इपिएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन्। ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न इपिएल-एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ।
प्रकाशित: १० आश्विन २०७८ ०३:३६ आइतबार