४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

ह्वावेकी सिएफओ मेङ नजरबन्दबाट रिहा

विश्वविख्यात चिनियाँ प्रविधि कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) मेङ वाङ्झाउ झण्डै तीन वर्षपछि शनिबार क्यानडाको नजरबन्दबाट मुक्त भएकी छिन्। क्यानडाले उनलाई भ्यानकुवरस्थित नजरबन्दमा राखिएको घरबाट मुक्त गरेको हो। 

उनलाई अमेरिकी अधिकारीहरूको निर्देशनमा सन् २०१८ डिसेम्बर १ मा क्यानडाले भ्यानकुवर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। चीनको विशाल दूरसञ्चार कम्पनी ह्वावेका अर्बपति संस्थापक रेन झेङफेईकी ४९ वर्षीया छोरीमाथि अमेरिकाले ठगीको आरोप लगाएको थियो।  

अमेरिकी अभियोजकहरूले मेङविरुद्ध ठगीको अभियोग निलम्बन गरेर अन्ततः उक्त अभियोग खारेज गर्ने सम्झौता गरेको बताएको केही घन्टापछि उनलाई रिहा गरिएको हो। रिहाइपछि मेङ तुरुन्तै चीन फर्केकी छिन्। मेङ रिहाइको बदलामा बेइजिङले पनि दुईजना क्यानडेली नागरिकलाई रिहा गरेको छ। उनीहरू पनि स्वदेश फर्किसकेका छन्।

प्रकाशित: १० आश्विन २०७८ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App