१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आइतबार नेप्से परिसूचकमा सय अंकको गिरावट

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकभन्दा बढीले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा १०८ अंकको गिरावट आएको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लेको छ। अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो। कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो। त्यसपछि खुलेको बजारमा पनि केही सुधार नभएपछि १ सय भन्दा धेरै अंकले नेप्से ऋणात्मक भएर बन्द भयो। 

आज बैंकिङ ४४, विकास बैंक ३९४, फाइनान्स २३९, होटल तथा पर्यटन १६१, जलविद्युत २१६, लगानी समूह ४, जीवन बीमा ५११, उत्पादन १७५, माइक्रोफाइनान्स १६२, निर्जीवन बीमा ५१९, अन्य ८३ र ब्यापार समूह २१६ अंकले घटेका छन्। आज सानिमा लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ पुगेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ। दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। नारायणी डेभलपमेन्ट, गुडविल फाइनान्स, जानाकी फाइनान्स, अरुण काबेली, आइसिएफसी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, सिइडिबी हाइड्रोपावर, रुरु हाइड्रोपावर, नेपाल फाइनान्स, हिमालय उर्जा विकास, बेष्ट फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रो, एभरेष्ट इन्स्योरेन्स संस्थापक, पाँचथर पावर, दिव्यश्वरी हाइड्रो, घलेम्दी हाइड्रो, पन्चकन्या माइ हाइड्रो, लिबर्टी इनर्जी, सिन्धु विकास बैंक, अपि पावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य करिब १० प्रतिशतले नै घटेको छ।

प्रकाशित: २० भाद्र २०७८ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App