१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु

दैलेखका ११ स्थानीय तहमा ४६ करोड बेरुजु देखिएको छ। यो आर्थिक वर्षमा महालेखाले सार्वजनिक गरेको तथ्यांकमा ४ नगरपालिका र ७ गाउँपालिकामा यति धेरै बेरुजु देखाएको हो। 

सबैभन्दा बढी ठाटीकाँध गाउँपालिकामा १० करोड १३ लाख २५ हजार बेरुजु निस्किएको छ। दुल्लु नगरपालिकामा ४ करोड ४० लाख ७० हजार, नारायण नगरपालिकामा ४ करोड २७ लाख ३ हजार, नौमुले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महावु गाउँपालिकामा ३ करोड २६ लाख ८५ हजार, भैरवी गापामा ३ करोड ९५ लाख २२ हजार, भगवतीमाई गाउँपालिकामा १ करोड ८३ लाख १७ हजार, गुराँस गाउँपालिकामा ५ करोड, ४४ लाख १९ हजार, आठबिस नगरपालिकामा २ करोड ६८ लाख ६७ हजार, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २ करोड ६८ लाख ६३ हजार तथा डुंगेश्वर गाउँपालिकामा २ करोड, ९१ लाख, ९३ हजार बेरुजु देखिएको छ।

११ पालिकाका लागि १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रूपैयाँको लेखापरीक्षण गरिएको थियो। लेखापरीक्षणमा जनप्रतिनिधिले आफन्तलाई नियमविपरीत तलबभत्ता खुवाएको तथा योजनामा रीत नपुगेको विषय बेरुजुमा देखाइएको छ।  

प्रकाशित: १४ भाद्र २०७८ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App