coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरल मूल्यमा सुविधायुक्त रेनोल्ट काइगर

एक सय वर्ष बढी लामो इतिहास बोकेको विश्वको दोस्रो ठूलो अटोमोबाइल कम्पनी रेनोल्ट ब्राण्डले नेपाली बजारमा काइगर मोडल भित्र्याएको छ। काइगर मोडल १ हजार सिसिको गाडी हो।

यस मोडलमा इन्टेरियर र एक्सटेरियर (दुवै) सबैभन्दा लेटेस्ट टेक्नोलोजीले डिजाइन गरिएको छ। १६ इन्चको स्टीयरिगं व्हील रहेको काइगर मोडलमा ट्राइ अक्टा लेड हेड ल्याम्पस् र सि आकारको सिग्नेचर टेल ल्याम्पस् रहेको छ। बोल्ड र अरबान किगर कम्प्याक्ट एस.यू.भी प्रेमीका लागि आकर्षक रहेको छ।  

४ मिटर लम्बाइको काइगरमा स्मार्ट क्याबिन छ। काइगरको ट्राइबर मोडलमा उपलब्ध रहेको सि.एम.एफ.ए प्लस प्लाटफर्म डि.एन.ए काइगरमा पनि उपलब्ध छ। १.० लिटरको इन्जिन क्षमता रहेको यस काइगर मोडल नेचुरल एसपिरेटेड र टर्बो इन्जिन दुवैमा उपलब्ध रहेका छन्। अड्भान्स्ड अटोमोबाइल्स प्रा.लि.ले रेनोल्टको यस मोडल नेपाली बजारमा भित्र्याएको हो।  

काइगर मोडलमा २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालको कुनै पनि सडक कन्डिसनलाई उपयुक्त हुने अटोमोबाइल कम्पनीका महाप्रबन्धक अधीर श्रेष्ठले बताए। २८ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने रेनोल्टको काइगर मोडल कम्प्याक्ट एस.यू.भी. सेगमेन्ट सबैभन्दा बढी सुविधासम्पन्न रहेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए।

५ जना सिट क्षमताको काइगर मोडलमा यात्रुका सुरक्षाका निम्ति चारवटा एयर ब्याग छन्। यसका साथै ए.बि.एस र इ.बि.डी. ब्रेकिङ सिस्टम उपलब्ध रहेको छ। यस काइगर मोडलमा रिभर्स क्यामेरा र रिभर्स पार्किङ सेन्सर पनि रहेको महाप्रबन्धकले जानकारी दिए।  

यो काइगर मोडलमा ३ ‘एस’ अर्थात् स्मार्ट, स्टनिंग र स्पोर्टि को विशेषता छ। स्मार्ट, स्टनिंग र स्पोर्टि तीनवटै विशेषता रहेको काइगर मोडलमा एमपी फोर भिडियो प्लेयर र भोयस रेक्गनिसन रहेको छ, जुन स्टीयरिंग व्हीलमा रहेको बटनमा सिंगल टचले नै सुरु हुने गर्छ। त्यस्तै थ्रीडी म्यूजिक सिस्टम समेत छ। लेग रुम, एल्बो रुम तथा हेड रुम तीनवटै अत्यन्त कम्फरटेबल छ। दुईजना यात्रुहरूबीचको दूरी ७ सय १० मिटर छ।  

काइगर मोडलमा ८ इन्चको टच स्क्रिन, कम्प्याटिबल एप्पल कार प्ले र एन्ड्रोयड अटो रेप्लिकेसन समावेश गरिएको छ। स्टोरेजको क्षमताको हिसाबले पनि अत्यन्त कम्फेरटेबल रहेको यस काइगर मोडलमा जम्मा गरी २९ लिटरको अनबोर्ड क्षमता छ।  

यात्रुको सुरक्षाका हिसाबले पनि अत्यन्त उपयुक्त रहेको काइगरमा एक्टिभ तथा प्यासिभ फिचर उपलब्ध छन्। यो खरिद गर्न चाहने ग्राहकले फुल पेमेन्ट गरेर प्राप्त गर्न सक्नेछन्। ५० प्रतिशत तिरेर बाँकीको मूल्यलाई किस्तामा तिर्न सकिने व्यवस्था पनि रहेको महाप्रबनधक श्रेष्ठले नागरिकन्यूजलाई बताए। रेनोल्ट काइगर मोडलमा मल्टिसेन्स सेटिङले चल्ने गाडी हो, जुन ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने उनले थपे।  

नर्मल मोड, इको मोड र स्पोर्ट्स मोड तीनवटै मोडमा चलाउन सकिने यो मोडल ग्राहकका लागि सबैभन्दा सुरक्षित रहेको श्रेष्ठले बताए। काइगर मोडल सेलेक्टेड मोडअनुसार मल्टि स्किन १७.७८ सेन्टिमिटर टि.एफ.टि क्लस्टरको रंग पनि मोड अनुसार परिवर्तन हुने गर्छ।  

कम दाममा सेवा सम्पन्न कम्प्याक्ट एस.यु.भि. चढ्न रुचाउने नेपालीहरूका लागि अत्यन्त उचित मूल्यमा रेनोल्टको काइगर मोडल उपलब्ध गराएको महाप्रबन्धक श्रेष्ठले भने। रेनोल्ट ब्राण्डको सबै मोडल ५ वर्षका लागि वारेन्टी रहेको छ। नेपालभरि रेनोल्टको १५ वटा आउटलेट थ्री एस(सेल्स, सर्भिस र स्पेयर)ले सुविधा सम्पन्न छ। काइगर मोडल ६ वटा विभिन्न रंगमा उपलब्ध रहेको छ। 

४० लिटर फ्यूल क्यापासिटि र ४ सय ५ लिटरको बुट स्पेस रहेको छ। यसका साथै नेपाल अधिराज्यभरि रहेको रेनोल्ट सोरुमका कुनै पनि ब्राण्डको गाडीलाई उचित मूल्यमा रेनोल्ट गाडी साट्न सकिने सुविधा समेत रहेको महाप्रबन्धक श्रेष्ठले बताए। नेपाली बजारमा रेनोल्ट ब्राण्डका पार्टस् सजिलै पाइने कम्पनीले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७८ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App