१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट, नीति तथा कार्यक्रमविनै ठूलीभेरीको आठौँ नगरसभा

समयमा नगरसभा सम्पन्न गर्न नसकेर आलोचना खेपिरहेको ठूलीभेरी नगरपालिकाले आठौँ नगरसभा गरेको छ। कृषि, शिक्षा स्वास्थ्य, पर्यटन, रोजगारीको पूर्वाधार, समृद्ध ठूलीभेरी नगरपालिकाको मुल आधार, भन्ने मुल नाराका साथ आठौँ नगर सभाको भएको हो।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले नगर सभाको उद्घाटन गरेका थिए। २०७८ असार १० गते भित्रमा सम्पन्न गर्नुपर्ने नगरसभा भदौमा गरिएको हो। नगरसभा उद्घाटन गर्दै कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढाले आगामी निर्वाचनसम्म ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा मोटर बाटो पुर्याइने बताए।  

जनताको आर्थिक, सामाजिक, शैक्षिक जीवनस्तरमाथि उठाउन स्थानीय जनताको आवश्यकता र माग अनुरुपको बजेट समावेश हुने गरी नीति तथा कार्यक्रम ल्याउन नगरका जनप्रतिनिहरुलाई मन्त्री बुढाले सुझाए। कोरोना भाइरसको संक्रमणलगायत केही आन्तरिक समस्याले गर्दा समयमै नगरसभा सम्पन्न गर्न नसकिएकामा नगर उपप्रमुख योगेन्द्र बहादुर शाहीले दुःख व्यक्त गरे।

ढिलै भएता पनि आठौँ नगर सभा संचालन भएकोले विषेश गरी जनताको मागमा आधारित भएर निति तथा कर्यक्रम प्रस्तुत गरिने उपप्रमुख शाहीले बताए। नगरप्रमुख गणेशबहादुर शाहीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वडा नं. १ का वडा अध्यक्ष बाग बहादुर महतारा र निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायाले शुभकामना मन्तव्य दिए।  

नगरसभा उद्घाटन सत्रमा नगरका प्रस्तावित बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने  प्रचलन रहँदै आएको भएपनि दुई महिना ढिला भएको नगरसभाको उद्घाटन सत्रमा भने बजेट तथा नीति कार्यक्रम प्रस्तुत भएन। नगरसभा समयमै संचालन गर्न नसकेर सर्वत्र आचोलित बनेका ठूलिभेरीका जनप्रतिनिधिहरु प्रस्तावित बजेट नीति तथा कार्यक्रम प्रस्तुत नगरेकाले थप आलोचित बनेका छन् ।  

सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको नगर केन्द्र जुफालमा मेयर शाहीले सारेपछि सदरमुकाम दुनैवासी र मेयर बीचको पानीबाराबार सम्बन्धमा खासै सुधार आएको छैन। केन्द्र जुफालमा सारेको विषयलाई लिएर सर्बोच्चमा परेको मुुद्धा अझै पनि विचाराधीन छ।

प्रकाशित: १२ भाद्र २०७८ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App