८ वैशाख २०८१ शनिबार
अर्थ

मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्। 

ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।

जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बताए।

यस्तै, पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न तहको परिक्षा सञ्चालन गरिरहेको भन्दै कक्षा १२ को परीक्षा तालिका पनि चाँडो सार्वजनिक गर्न माग गरेको छ। कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेण्डर ध्वस्त हुने अवस्था आएको भन्दै परीक्षा तालिका सार्वजनिक गर्न माग गरेका हुन्।  

विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ। 

प्रकाशित: ८ भाद्र २०७८ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App