नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन: नियुक्त भएका छन्।
ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि गत मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए। साेही अनुरूप साेमबार घिसिङलाई नियुक्त गरिएकाे स्राेतले बतायाे।
प्रकाशित: २७ श्रावण २०७८ ०६:३६ बुधबार




![पोस्टर र पम्प्लेट महाधिवेशनस्थलमा छरपस्ट [फोटोफिचर]](https://images.nagariknewscdn.com/thumbs/2026/third-party/1782292677_Chitawan-600x400.jpg)
