२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

थापाथलीस्थित द ब्रिटिस कलेजले ब्रिटिस मान्यता परिषदको मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रम संचालन गर्दै आएको कलेजले बीएसीको मान्यता पाएको हो।

कलेजले नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राउने पहिलो कलेज बनेको जनाएको छ। बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर कलेजलाई मान्यता दिएको हो।  

बिएसी आफैमापनि प्रतिष्ठित संस्था रहेको कारणले गर्दा सामान्य त्रुटीहरू भेटिए पनि शैक्षिक संस्थालाई आफ्नो मान्यता दिँदैन। कलेजले पनि हरेक पक्षमा ध्यानदिएको कारणले गर्दा कठिन तरिकाले मान्यताप्राप्त गरेको विज्ञपप्तिमा उल्लेख छ। बीएसीले शैक्षिक संस्थालाई मान्यता प्रदानगर्न कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयको जाँच गरेको थियो।  

प्रकाशित: २६ श्रावण २०७८ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App