coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानलाई ५० वटा बाख्रा र उन्नत बोका

धनकुटाको  छथर जोरपाटी गाउँपालिकाले किसानहरुलाई ५० वटा उन्नत जातको बाख्रा र बोका वितरण गरेको छ।गाँउपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ को वडा नं. ५ को सिर्जनशील बाख्रापालन समूहका २५ जना किसानहरुलाई बाख्राको पाठापाठी र बीउ बोका दिएको हो।  

पालिकाले साना तथा मझौला किसान लक्षित बाख्रा पकेट  कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा बाख्रा अनुदानमा दिएको हो। पालिकाले २ लाख ८३ हजार ४ सय बराबरको बाख्राको पाठापाठी र २ लाख ५० हजार बराबरको एक उन्नत जातको बोका दिएको छ।

प्रकाशित: २० श्रावण २०७८ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App