२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधान गर्न ७ सदस्यीय उपसमिति गठन

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ।

समितिको आइतबार बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो।

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमिति नाम दिइएको उक्त उपसमितिलाई नागरिक उड्डयन क्षेत्रमा देखिएको समस्या र ति समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्नका लागि ६ महिनाको समय दिइएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्।

उपसमितिमा सांसदहरुको रुची र चाहाना अनुसार पछि थप गरिने सभापति खरेलले जानकारी दिइन्।

प्रकाशित: १७ श्रावण २०७८ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App