१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

'दराज अनलाइन सपिंगले देशभरका मानिसलाई टेक्नोलोजीमार्फत नजिक ल्याउँदैछ'

प्रविधिको बढ्दो प्रयोगका कारण विश्वमा अनलाइन कारोबार उच्च गतिले बढिरहेको छ । आम नागरिक घरमै बसेर प्रविधिको सहयोग मार्फत आफूलाई आवश्यक पर्ने अधिकांस सामान खरिद गर्न सक्ने अवस्थामा छन् । बजार वा पसलमा पुगेर सामान छनौट गर्दा एकातिर समय बढी लाग्छ भने सबै पसलमा पुग्नु संभव पनि हुँदैन । त्यसैले अहिले आम उपभोक्ताले मोवाइलकै माध्यमबाट आवश्यक सामान किनिरहेको अवस्था छ र यो क्रम बढदो छ । विश्व बजारमा जस्तै नेपालमा पनि पछिल्लो समय अनलाईन व्यवसाय द्रुतगतिमा बढिरहेको छ । सर्वसाधारण नेपाली उपभोक्ताको रुची पनि अनलाइन सपिडतर्फ मोडिएको छ । अनलाइन व्यवसायमा भविष्य देखेर नेपालमा धेरै कम्पनीहरु अहिले यो व्यवसायमा जोडिएका छन् । त्यसमध्ये एक सशक्त कम्पनी हो दराज नेपाल । नेपालको अनलाइन व्यवसाय र खासगरी दराजले समय समयमा ल्याउने विभिन्न किसिमका स्किमहरुका बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो आलरिड्गसँग गरिएको कुराकानी:  

कोभिड १९ का कारण नेपालमा लगाइएको दोस्रो लकडाउनको पहिलो केही साता ई–व्यवसायमा प्रतिबन्ध लगाइएको थियो । त्यो समयमा तपाई के कुरामा संलग्न हुनुभयो ?  

कोभिडको दोस्रो लहरले नेपाललाई गम्भीर असर पुराइरहेको छ । यो समय देशका लागि निकै नै कठिन समय रहेको छ । यस्तो समयमा समाजलाई संकटबाट जोगाउनु नै सबै भन्दा महत्वपुर्ण कुरा हो । इ–कमर्सको सम्बन्धमा हामी आशावादी थियौं । नेपालमा विश्वव्यापी अभ्यासहरू पछ्याइनेछ । तर के भयो भन्दा, उपभोक्ताहरूलाई सुरक्षित राख्दै अर्थ व्यवस्थालाई चालू राख्न सक्ने इ–कमर्स उद्योगमा भारी प्रतिबन्धहरू लगाइयो । यी कुराहरु दुरुस्तै परिवर्तन गर्नुपर्छ र सम्बन्धित अधिकारीहरुले बढी उचित रणनीति अगाडि बढाउनु पर्छ । हामी एकदम चाँडो सामान्यतयामा आई हामीले हाम्रो डिमार्ट खण्डमार्फत आवश्यक वितरणमा ध्यान केन्द्रित गर्यौं । त्यसपछि हाम्रो ६ सय भन्दा बढी कर्मचारीहरुको स्थानीय टोलीसँग मिलेर बाँकी ध्यान विभिन्न राहत परियोजनाहरूमा केन्द्रित गर्यौं । हामीले मानसिक स्वास्थ्य, यातायात र जागरूकताको रूपमा सेवा क्षेत्र कभर गर्यौ ं। यस्तैगरी हामीले ग्रामीण क्षेत्रका सीमान्तकृत मानिसहरूलाई खाना उपलब्ध गराउन सहयोग गर्र्यौं । हामीले थप मेडिकल र कोभिड सुरक्षा किटहरूको उपकरण प्रदान गरेर बिभिन्न संस्थाहरूलाई सहयोग गर्यौंँ । नेपाल एम्बुलेन्स सेवा, फिड द हंग्री, युनिसेफ जस्ता विभिन्न संस्थाहरूले संकटको समयमा त्यस्तो प्रभाव पार्दै  गरेको देख्दा हामी आफै पनि निकै उत्प्रेरित भएको थियौं । त्यसकारण उनीहरूलाई सहयोग दिन पाउँदा हाम्रो लागि गौरवको क्षण हो । हामी यो जारी राख्नेछौं।

दराजले सुरु गरेको महाबचत बजार कस्तो खालेको अभियान हो ? दराज ग्राहकहरूले यस अभियानबाट के आशा गर्न सक्छन् र तपाईको आफ्नो अपेक्षाहरू के छन् ?  

महाबचत बजार प्रत्येक वर्ष आयोजना हुने एउटा ठूलो अभियान हो । दराजका हजारौं विक्रेताहरुलाई छिटो समयमा आफ्नो व्यवसाय ट्रयाकमा फिर्ता ल्याउन यो महत्वपूर्ण छ र यही नै हाम्रो उद्देश्य पनि रहेको छ ।  कोभिडको कारणले आवश्यक उत्पादनहरु खरिद गर्न अफ्ठ्यारो परेको ग्राहकहरुलाई पनि सामान किन्न सरल र सजिलो गराउनु हाम्रो उद्देश्य रहेको छ । त्यसैगरि यो अभियान अलि विशेष पनि छ किनकि हामीले भर्खरै आईएमईसंग साझेदारी शुरू गरेका छौं । यो साझेदारी केवल छुटमा मात्र सम्बन्धित हुने छैन र हामी अर्को सातामा अधिक रुपमा अझै बढी जानकारी घोषणा गर्नेछौं । यस साताको अवधिमा हाम्रा ग्राहकहरूले आईएमई भुक्तानीका साथै भिसा कार्डहरू मार्फत भुक्तानी गरे अन्य छुट पाउन सक्नेछन् । वैश्विक आपूर्ति चेनलाई  महामारीले असर गरेको छ तर हाम्रा १० हजार विक्रेताहरूले भने ग्राहकहरूलाई उत्तम सुविधाहरू र छुट छनौट गर्न सक्ने एउटा उत्कृष्ट पोर्टफोलियो सिर्जना गरेका छन् । हामीले थप भारत र चीनमा रहेका विक्रेताहरूबाट उत्पादनहरूको विशेष चयनको साथ हाम्रो ग्लोबल कलेक्सन च्यानल पुनः सुरू गरेका छौं ।

दराजले अहिले नेपालका ४७ भन्दा बढी शहरहरूमा डेलिभर गर्छ । यी मध्ये धेरै विक्रेताहरू कहाँबाट संचालन गर्छन् र भविष्यमा विस्तारको लागि दृष्टिकोण के छ ?

हामी वास्तवमै राजधानी बाहिर धेरै उपस्थित भैरहेका छौं । ५० प्रतिशत भन्दा कम हाम्रा अर्डरहरू अहिले काठमाडौं उपत्यकाबाट आउँछन् र यसरी नै देशका विभिन्न भागहरूबाट अर्डरको हिस्सा दिन प्रतिदिन बढ्दैछ । हो, हाम्रा अधिकांश विक्रेताहरू अझै काठमाडौं उपत्यकामा आधारित छन्, तर अहिले हामी देशका अन्य भागहरूबाट प्लेटफर्ममा बढी आपूर्ति आएको देख्छौं । यो हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ किनकि यसले वास्तवमै सम्पूर्ण नेपालका समुदायहरूलाई उत्थान गर्छ । दराज जस्ता अनलाइन सपिंग बजारले देश भरिका मानिसहरूलाई टेक्नोलोजी मार्फत नजिक ल्याउँदैछ ।

दराज अब नेपाल ओलम्पिक समितिको आधिकारिक डिजिटल पार्टनर  भएको छ । यो साझेदारी कसरी भयो ?

ओलम्पिक र यसको पछाडि रहेको मान र खेलकुदको समग्र शक्तिमा हामी अत्यन्त विश्वास गर्दछौं। हामी विश्वास गर्दछौं कि आफूले चाहेको जे पनि गर्न सम्भव छ । त्यसकारण, हाम्रो अभिभावक संस्था अलीबाबा मार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसँगको विश्वव्यापी साझेदारीको अंशको रूपमा नेपाल ओलम्पिक समितिसँग बाध्ने यो हाम्रो लागि विशेष अवसर थियो। ओलम्पिक नजिकिदै छ  र हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हाम्रा नेपाली खेलाडीहरूले पाउनुपर्ने मान्यता उनीहरुले प्राप्त गरुन । हाम्रो खेलाडी गौरिका सिंह, अलेक्ज्याण्डर शाह, सोनिया भट्ट, कल्पना परियार र सरस्वती चौधरीलाई प्रोत्साहन र प्रचार गर्नुनै हाम्रो उद्देश्य हो । उनीहरुले विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद कार्यक्रममा भाग लिनुनै हामी सबैको लागि गर्वको क्षण हो । अब हामी आशा गर्दछौं कि  उनीहरूले पूर्ण रूपमा रमाईलोसँग प्रतिस्पर्धा गरुन । दराजको तर्फबाट, म भन्न सक्दछु कि हामी विश्वव्यापी कार्यक्रमको लागि उनीहरूलाई समर्थन गर्न पाउँदा निकै नै खुसी छौं ।

प्रकाशित: ५ श्रावण २०७८ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App