१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपालको बजारमा

चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छ। सुरक्षा प्रविधिलगायतका गुणस्तरीय सामग्री बिक्री गर्दै आएको बार कोड नेपाल इंक प्रालिले अर्बिटाको उत्पादन नेपालमा आधिकारिक बिक्री गर्न थालेको हो।  

बारकोड नेपालले अर्बिटाको होटलहरुमा आवश्यक पर्ने होटल लक, मिनी फ्रिजर, मिनी लकर, इनर्जी सेभिङ्ग स्विच लगायतका सामानहरुको बिक्री वितरण गरिरहेको छ।

चीनको ठूलो उत्पादक अर्बिटाको उत्पादन प्रसिद्ध होटलहरु मेरियट, हिल्टन, हायात, र्‍याडिसन, वारविक लगायतमा प्रयोग भइरहेको छ। हाल विश्वभर करिब २० हजार स्तरीय होटलमा अर्बिटाको उत्पादनहरु प्रयोग हुने गरेका छन्।

नेपालको बजारमा केही वर्षदेखि अर्बिटाका सामान उपलब्ध भए पनि आधिकारिक विक्रेता नहुँदा कम्पनिबाट प्राप्त हुने वारेन्टी, मर्मत, छुट लगायतका सुविधाबाट ग्राहक वन्चित हुने गरेका थिए। बारकोड नेपाल र अर्बिटाको औपचारिक सहकार्यपछि अब ग्राहकले कम्पनिले दिने सबै सुविधा सहजै रुपमा पाउन सक्नेछन्।

सन् २००४ मा स्थापित अर्बिटाकाको उत्पादन स्थल चीनको शेनजेन प्रान्तको लोहुमा ४६०० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ।

अर्बिटाले आफूलाई आवश्यक पर्ने प्रविधि सिमेन्स, डल्लास, अम्टेल, फिलिप्सहरुबाट प्राप्त गर्दछ। हाल बारकोड़ नेपालले होटल कार्ड लकिंग सिस्टम, कार्ड रिडर, मिनी फ्रिजर, मिनी लकरहरुको औपचारिक बिक्री वितरण तथा प्राबिधिक सहयोगको काम सुरु गरेको छ। बार कोड नेपालले विश्वका अन्य प्रतिष्ठित कम्पनिहरुसँग सहकार्य गर्दै नेपालमा गुणस्तरीय सुरक्षा उपकरण लगायतका सामग्रीको विक्री वितरण गर्ने गरेको छ।

प्रकाशित: ४ श्रावण २०७८ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App