६ वैशाख २०८१ बिहीबार
अर्थ

धनकुटामा साउन १० सम्म निषेधाज्ञा

धनकुटामासाउन १० सम्म निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले साउन १० गतेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा थप गरेको हो। यसअघि आसार ३१ गते राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए।

निषेधाज्ञा भनिए पनि सबै खाले पसलहरुलाई बिहान ६ बजेदेखि राती ८ बजेसम्म खोल्न दिइने भएको छ। त्यस्तै सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई स्वास्थ्य मापदण्डको पालना गरि नियमित रुपमा सेवा प्रदान गर्न भनिएको छ।  

यस्तै, स्वास्थ्य मापदण्डको पालना गरि सबै खाले सवारी साधान संचालन गर्न दिइने भएको छ। विद्यालय, कलेज, हाटबजार लगायतका भिडभाड हुने स्थान भने खोल्न नदिइने जिल्ला प्रशासनले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७८ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App