रेनो नेपालले द अल–न्यू काइगरको मूल्य २८ लाख ४९ हजार रूपैयाँ घोषणा गरेको छ। रेनो काइगरको बुकिङ पनि देशभरका १५ वटा सेल्स आउटलेटको डिलरसिप नेटवर्कबाट सुरु हुने कम्पनीले जनाएको छ।
रेनो इन्डिया अपरेसनका कन्ट्री सिइओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार रेनो काइगर आधुनिक एसयुभी हो। ‘यो बजारका लागि पर्फेक्ट फिट हो,’ उनले भने। रेनो काइगरमा विशिष्ट एसयुभीको लुक रहेको र यसको लामो ह्विल बेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मदत गर्ने उनले बताए।
त्यस्तै, विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतीक्षा गरिएको गाडी भएको दाबी गरे।
रेनो काइगर स्टनिङ, स्मार्ट र स्पोर्टी बी–एसयुभीको रूपमा स्थापित भएको कम्पनीको दाबी छ। स्टनिङ डिजाइन, स्पोर्टी र मस्कुलर एलिमेन्टले गर्दा यो उदाहरणको रूपमा रहेको पनि विज्ञप्तिमा दाबी गरिएको छ।
रेनो काइगरमा स्मार्ट केबिनमा प्रविधि, कार्यक्षमता र रुमिनेसको संयोजन छ। रेनो काइगर एमटी र एएमटीको दुईवटा विकल्पमा १.० एल इनर्जीमा उपलब्ध हुने बताइएको छ। ग्राहकले चारवटा उपलब्ध ट्रिम–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड–मध्येबाट छनोट गर्न सक्नेछन्। प्रत्येक संस्करण ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राखी बनाइएको र सबै ट्रिममा यसको आकर्षक मूल्य राखिएको बताइएको छ।
रेनो काइगरको दुई अगाडिको सिट र दुई पछाडिको सिटमा तीन–पोइन्ट सिटबेल्ट लगाइएको छ भने रियर मिडल प्यासेन्जर सिटमा दुई–पोइन्ट सिटबेल्टको सुविधा छ। रेनो काइगरमा दुई साइड एयरब्यागसँगै ड्राइभर र फ्रन्ट–सिट यात्रीको लागि दुई अगाडि एयर ब्याग छ। दुबै अगाडि सिटको सुरक्षाको लागि सिट बेल्ट रिमाइन्डर चेतावनीकोे सुविधासमेत छ।
प्रकाशित: १ श्रावण २०७८ ०६:३१ शुक्रबार