६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिताराम डेरीको पनिर, बटर फ्रेस मिल्क, दही, पनीर र लस्सी बजारमा

सिताराम गोकुलमिल्क्स काठमाडौं प्रालिले सिताराम दुध उत्पादन र बिक्री वितरण गरेको २५ औं वर्ष  पुगेको अवसरमा आफ्नो विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुलमिल्कस् काठमाडौं प्रालिको उत्पादन कारखाना किर्तिपुरको दुधपोखरीमा रहेको छ ।

आधुनिक प्रविधि सँगसँगै सिताराम गोकुलमिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सितारम दुध, सितारम घिउ, पनीर बटर,र चिनीसहित र चिनी रहितको दही, सितारमा फ्रेश मिल्कतथा लस्स्सी बजारमा बिक्रि वितरणमा ल्याएको हो ।  एउटा दुग्धउत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सिताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए ।

 ‘हामीले आम ग्राहक महानुभावको सल्लाह र सुझाव बमोजिम सितारामका उत्पादनहरु बजारमा ल्याएका छौं’, उनले भने, ‘उपभोक्ता सबैले सजिलै विभिन्न डिपार्टमेन्टल स्टोर जस्तै भाटभटेनी, बिगमार्ट लगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ भने सितारम डेरीको आफनै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्नुहुनेछ । सिताराम दुध जहिले पनि आप्mनो गुणस्तर र आमग्राहकहरुको स्वास्थप्रति संवेदनशील रहेको छ।’  

प्रालिले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा धुधचिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दुध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दुधव्यवसायीमार्फत नियमितदुध सङ्कलन गरिरहेको छ।

प्रकाशित: ३१ असार २०७८ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App