३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीमा जनार्दन शर्मा

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा नेकपा माओवादी (केन्द्र) का नेता जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।  

शर्माले मंगलबार साँझ राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन्।  सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी (केन्द्र) बीच मन्त्रालय बाँडफाँडबारे भएको सहमति बमोजिम अर्थ मन्त्रालयको नेतृत्व उनले  पाएका हुन्।  

यसअघि गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका शर्मा पार्टीभित्र खरो र स्पष्टवक्ता नेताका रूपमा चिनिन्छन्। शर्मा निष्कलंक छविका राजनीतिज्ञ पनि हुन्। एक दशक लामो लोडसेडिङ हटाउनमा उनको समेत भूमिका छ।  

२०७३ साउन ३० मा ऊर्जामन्त्री नियुक्त शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरी १८ घन्टासम्म हुने लोडसेडिङ हटाउन भूमिका  खेलेका थिए।  उनकै पालामा नेपालको पानी जनताको लगानी कार्यक्रम पनि अघि सारिएको थियो। 

प्रकाशित: ३० असार २०७८ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App