२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

ब्रिटिस कलेजको व्यवस्थापनमा नमस्ते एकेडेमी

थापाथलीस्थित द ब्रिटिस कलेज (टिबिसी) ले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ। कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीको व्यवस्थापन गर्न लागेको हो।

व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ। कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेसन ग्रुपमा आएकोले आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए। टिबिसीको झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको व्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेल बताए।

नमस्तेको व्यवस्थापन टिबिसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा थुप्रै परिवर्तन हुने भएका छन्। लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको व्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरू थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरू थप गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दख्खल राख्ने बार्थोलोमउ बेलायती नागरिक हुन्। बेलायतमा धेरै शैक्षिक परियोजनाको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ।

प्रकाशित: २७ असार २०७८ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App