२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

डिसहोम फाइबरनेट प्रमुख सहरमा विस्तार

 डिसहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरहरूमा विस्तार भएको छ।  डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट सहितका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन्।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै डिसहोम फाइबरनेटको सेवा पुगिसकेको कम्पनीले जनाएको छ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमूल पुगेको छ । छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगन्ज लगायत अन्य स्थानमा पनि पुग्दै छ। 

प्रकाशित: २३ असार २०७८ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App