२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डिजिटल मार्केटिङ गर्न पर्यटन बोर्डलाई सुझाव

पर्यटन व्यवसायीले नेपाली पर्यटनको पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्। उनीहरूले कोभिडको कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरू आउने सम्भावना कम रहेकोले भोलिको तयारीस्वरूप डिजिटल मार्केटिङलाई जोड दिन बोर्डलाई आग्रह गरेका हुन्।  

आर्थिक वर्ष २०७८/७९ को बजेटका सन्दर्भमा बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै व्यवसायीले बाह्य क्षेत्रमा नेपालको पर्यटकीय गतिविधिबारे जानकारी गराई राख्नुपर्ने बताए। उनीहरूले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा नेपाल वायुसेवा निगमका निर्देशक जनक रूपाखेतीले डिजिटल मार्केटिङसँगै अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा जोड दिन आवश्यक रहेको बताए।  

टर्किस एअरलायन्सका नेपाल कार्यालयका जनरल म्यानेजर अबदुल्ला टंसरले छिटोछिटो हुने स्वास्थ्य मापदण्डको फेरबदल र सीमित उडानले यतिबेला कम पर्यटक आएको बताउँदै अन्तर्राष्ट्रिय समुदायमा नेपाल खुला छ भन्ने सन्देश दिने गरी आगामी कार्यक्रम आउनुपर्ने बताए।  

यस्तै, एभिया क्लब नेपालका सञ्चालक नताशा श्रेष्ठले अहिले पनि बाह्य पर्यटक नेपाल आउन चाहेको तर महँगो भाडादर र आएपछिका मापदण्डका कारण पर्यटक आउन नसककेको जानकारी दिँदै त्यसलाई सहजीकरण गर्नुपर्ने बताइन्।

प्रकाशित: २३ असार २०७८ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App