१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल र भारतबीच पैदल आवागमन सुचारु

नेपाल र भारतबीच पैदल आवागमन सुरुचारु भएको छ। दुई देशका स्थानीय जिल्ला अधिकारीबीच उच्च तहमा भएको वार्तापछि बिना सवारी साधन पैदल ओहोरदोहोर गर्नलाई छुट दिइएको छ। दुई देशका जिल्लास्थित पदाधिकारीबीच वातावरण मिलेपछि दुई देशबीच स्थानीय स्तरमा आवागमन सुरु भएको हो।

यसअघि केही हप्तादेखि आवागमन चलिरहेकोमा सोमबार बिहानदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका थिए। रौतहटको सदरमुकाम गौर र छिमेकी भारतीय सीमानाका बैरगनिया बजारको बीचमा रहेको मुख्य बाटो भएर ओहोरदोहोर गर्न एसएसबीले सोमबार बिहानदेखि रोक लगाएपछि करिब चार सय यात्रु अलपत्र परेका थिए।  

भारत बिहारको सीतामढी जिल्लासित रौतहटको मुख्य नाका नै गौर–बैरगनिया हो। दुवैतिरको सहमतिमा केही हप्तादेखि पैदल यात्रुलाई दुवैतिर ओहोरदोहोर गर्न दिएको थियो। साइकल, मोटरसाइकल र अन्य सवारी साधनमार्फत नभए पनि पैदल हिँडेर ओहोरदोहोर भइरहेकोमा सोमबारदेखि भारतीय पक्षबाट पूर्ण रोक लगाइएको थियो।  

ओहोरदोहोरमा रोक लगाइएपछि भारतीय सीमा क्षेत्रबाट आएका जन्ती तथा विभिन्न कामले सीमा पार गरेका दुवैतर्फ चार सय जनाभन्दा बढी मानिस अलपत्र परेका थिए। एकाबिहान घरायसी सामान किन्न भारततिर गएका नेपालीहरु पनि सीमापारि नै अलपत्र परेका थिए।  

बैरगनियामा रहेको एसएसबिको कमान्डेन्ट बदलिएपछि नयाँ आएका कमान्डेन्ट अमित कुमारले पैदल ओहोरदोहोरमा पनि रोक लगाएको नेपाली सुरक्षा अधिकारीहरुको बताएका थिए। नेपालतर्फका सुरक्षा पदाधिकारीहरुले वीरगंजस्थित वाणिज्य महादूतावासमा समन्वय गरेपछि सोमवार साँझदेखि फेरि पैदल आवागमन सुरुचा भएको हो।  

भारततर्फबाट एकतर्फी रुपमा आवागमनमा रोक लगाएपछि केहीबेर स्थानीयवासी आक्रोशित भएका थिए। नेपाल भारत मैत्री पुलमा केहीबेर भारततिरबाट आएको मालबाहक ट्रकलाई अवरुद्ध पनि पारेका थिए। रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा समस्या समाधान भएको थियो।

प्रकाशित: २१ असार २०७८ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App