२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोलञ्जोरले सार्वजानिक गर्‍यो ४५ करोड १६ लाख बजेट

सिन्धुलीको गोलञ्जोर गाँउपालिकाको नबौ गाँउसाभाबाट पारित बजेट नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्की। तस्विर:अनिल/नागरिक

गोलञ्जोर गाउँपालिकाले  आगामी ०७८।०७९ को बजेट योजनासार्वजानिक गरेको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिकाले नबौ गाउँसभाबाट पारित निती तथा कार्यक्रम सार्वजानिक गर्ने क्रममा ४५ करोड १६ लाख ९९ हजार रुपैयाको बजेट गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले सार्बजानिक गरेका छन्।

बजेटले विशेषगरि सडक विस्तारलाई प्राथमिकता दिएको छ । विकासको मुख्य आधारनै सडक भएकाले सडक विस्तार तथा स्तरउन्नतीलाई प्राथमिकताका साथ योजना अगाडी सारिएको गाँउपालिकाले जनाएको छ। गाउपालिकामा जनप्रतिनिधि आएसँगै सबै टोलमा सडक पुगिसकेको र ति सडकलाई स्तरउन्नती गरि सहज बनाउन बजेट बिनियोजित गरिएको गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले बताए। 

नीति तथा कार्यक्रम सार्वजानिक गर्दै उनले गाँउपालिका केन्द्रदेखि सबै वडासम्म जोड्ने मोटरबाटोलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले गाँउपालिकाभित्रका मुख्य सडकको चौडाई आठ मिटिर र साना सडकको चौडाई समेत ६ मिटरको बनाई स्तर उन्नती गरिने जनाए । यस्तै गाँउपालिकाले बाझो जमिनको उपयोग गरि कृषि उत्पादनलाई बढाउन कार्यक्रम अगाडी सारेको छ । गाँउपालिकाले चक्लाबन्दी तथा व्यवसायीक खेतीलाई प्राथमिकताका साथ काम गर्न अनुदान दिने व्यवस्था समेत गरेको गाँउपालिकाले जनाएको छ।  

विगतको बर्षझै यसबर्ष पनि बजेटमा सडक शिक्षा स्वास्थ्य खानेपानी तथा कृषिलाई जोड दिएर बजेट विनियोजन गरेको अध्यक्ष कार्कीले बताए । गाँउपालिकाले जनमुखी बजेट ल्याएको जनाउदै विकट वडाहरुलाई प्राथमिकताका साथ बजेट उपलब्ध गराएको बताए हामीले सबै वडामा पुगेर जनताको भावनालाई समेट्नेगरि बजेट ल्याएका छौं, अध्यक्ष कार्कीले भने, दैनिक खानलाई अभाव हुने गरिबलाई समेट्नेगरि बजेट ल्याएका छौं। उनले गाँउपालिकाभित्र गरिबीलाई न्युनिकरण गर्दै व्यवसायीक र आत्मानिर्भर बनाउने योजना स्थानिय सरकारले ल्याएको बताए।  

प्रकाशित: १७ असार २०७८ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App