३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

रिटेलर्सलाई कोका–कोलाले सघाउने

लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुनः सुचारु हुने क्रममा किराना र सप अनर्सलाई सहयोग गर्ने योजना बनाएको छ। यसमा सप अनर्सहरूको लागि सुरक्षाको लागि पहलहरू पनि समावेश गरिएका छन्। 

यो पहल पछाडिको मूल उद्देश्य भनेको खाद्य र पेय क्षेत्रलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिडपश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अर्डरिङ सेवा सुरु गरेको छ। 

जसले स्वचालित बिक्रेता र वितरकलाई जोड्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ। यसको साथै खुद्रा बिक्रेताले ह्वाट्सएपको माध्यमबाट वितरकसँग सिधै अर्डर लिन सक्नेछन्। 

प्रकाशित: १४ असार २०७८ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App