३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गोर्खा इको प्यानलको अवलोकन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले आइतबार भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानल उत्पादन कारखानाको अनौपचारिक अवलोकन भ्रमण गरेका छन्। भक्तपुर नगरपालिका वडा नं ८ को विकास निर्माणको आवश्यकताबारे वडा नं ८ का वडा अध्यक्ष महेन्द्र खायमलीको टोलीसाथ त्यहाँं पुगेका नगर प्रमुख प्रजापतिले सोही स्थानमा रहेको गोर्खा इको प्यानल उत्पादन कारखानाको अवलोकन भ्रमण पनि गरेका हुन्।  

अवलोकनका क्रममा नगर प्रमुख प्रजापतिलगायतका सहभागी टोलीले कारखानाको रुचिपूर्वक अवलोनक भ्रमण गर्नुका साथै यसबारे विभिन्न जानकारीहरु लिएका थिए। गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ईन्जिनियर सुरेश कवाँंले नगर प्रमुख प्रजापतिलगायतको टोलीलाई भ्रमण गराउनुका साथै जानकारीहरु दिएका थिए।  

गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री उत्पादन कम्पनी हो। यो भूकम्प प्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भव हुने निर्माण सामग्री हो । कारखानामा पहिला नै बनाएर निर्माण कार्यस्थलमा लगेर जोड्दा मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्पन्न हुने भएको हो ।  

विशेष गरेर महाभूकम्पपछि यसको माग उच्च छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै ठाउँंठाउँंमा डिलरमार्फत यसको बिक्रीवितरण कार्य भइरहेको छ । पछिल्लो पटक कोरोनापछि अस्पताल निर्माण, आइसोलेसन निर्माणमा पनि यसको प्रयोग देशभरि नै भइरहेका छन्। यसको प्रमुख कर्पाेरेट अफिस अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ।

प्रकाशित: १३ असार २०७८ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App