२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय विद्युत प्रणालीमा जोडिँदै तामाकोशी जलविद्युत आयोजना, केही ठाउँमा विद्युत् बन्द हुने

राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिने भएको छ।

नेपाल विद्युत प्राधिकरणले सो आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्ने जनाएको छ। प्राधिकरणका अनुसार सो कार्य भोलिदेखि असार १९ गतेसम्म हुने पनि जनाएको छ।

सोही कारण खिम्ती–लामोसाँघु १३२ केभी प्रशारण लाइन बन्द हुने जनाउँदै सो अवस्थामा प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको छोटो समयका लािग विद्युत कटौती हुन सक्ने सम्भावना रहेको छ।

प्राधिकरणले सो काम समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार विद्युत सूचारु हुने पनि जनाएको छ।

सो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत कटौतीको समय क मगर्न प्रयास गरिने प्राधिरणले स्पष्ट पारेको छ।

प्रकाशित: १२ असार २०७८ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App