१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

नेपालका लागि हुन्डाई गाडीको आधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयुभी प्यालिसेड नेपाल ल्याएको छ। प्यालिसेड ७ सिटर प्रिमियम एसयुभी हो। कम्पनीका अनुसार कोरियामा उत्पादन भएर यो कार नेपाल भित्रिएको हो।  

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ। यसले २०० पिएस पावर तथा १७५०–२७५० आरपिम टर्क उत्पादन गर्नेछ। यो एसयुभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो एसयुभीको सुरूआती मूल्य दुई करोड रूपैयाँ पर्ने अनुमान गरिएको छ।  

नेपाली बजारमा यो एसयुभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ।

प्रकाशित: ८ असार २०७८ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App