१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दराजको बैंक डेज अफर फेरि आउँदै

अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी यही १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ।  

यस अफरमार्फत ग्राहकले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत वा पाँच सय रूपैयाँसम्मको छुट पाउन सक्नेछन्। यी बैंकहरू दराजका चार अन्य साझेदार बैंकहरू– सनिमा, एनआइसी एसिया, नाबिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ। दराज बैंक डेजमार्फत ग्राहकले हप्ताभर दराजका साझेदार बैंकबाट छुटको मजा लिन सक्नेछन्।

माछापुच्छ्रे, मेगा र हिमालयन बैंकका कार्डधारकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्ने बताइएको छ। माछापुच्छ्रे र मेगा बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशतसम्म र हिमालयन बैंकको प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशतसम्म छुट हुने कम्पनीले जनाएको छ।  

त्यस्तै, सानिमा, एनआइसी एसिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट हुनेछ। नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कार्डमार्फत १० प्रतिशत छुट हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ असार २०७८ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App