१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हङकङमा भएको घटना सामान्य हो: निगम

गत अप्रिल २७ तारिखमा नेपाल वायुसेवा निगमको न्यारोबडी ए २० जहाज काठमाडौं–हङकङ उडानका क्रममा दुर्घटनानजिक पुगेको घटनालाई निगमले सामान्य भनेको छ। गत सोमबार नागरिकमा काठमाडौं–हङकङ उडानका क्रममा जहाज गम्भीर दुर्घटनानजिक पुगेको समाचार छापिएको थियो। यसबारेमा निगमले बुधबार नागरिकलाई पठाएको पत्रमा घटना भएको स्वीकार गरेको छ। निगमले जहाज पूर्ण एटोमेसनमा उडिरहेको बेला अवतरण गर्ने बेलामा अटोमेसन मोडमै छँदा रनवेभन्दा केही अगाडि मोडिएको स्वीकार गरेको छ।  

उक्त जहाजलाई पाइलटले नियन्त्रणमा लिएर हेडिङ ३५८ तर्फ लगेको र हङकङ एयरपोर्टमा अवतरण गरेको निगमले जनाएको छ। निगमले पत्रमा समाचारमा भनिए जस्तै यो गम्भीर घटना नभएको र यसलाई ढाकछोप पनि नगरिएको दाबी गरेको छ।

घटना भएको अर्को दिन चालक दलले निगमको सुरक्षा महाशाखामा आएर जानकारी दिएको जानकारी दिँदै निगमले घटनालाई ढाकछोप नगरी थप अनुसन्धान गरेको बताएको छ। तर निगमले उडानका चालक दलले निगमको सुरक्षा महाशाखामा घटनाबारे जानकारी दिएको भने पनि त्यसको लिखित वा अन्य कुनै प्रमाण नागरिकलाई उपलब्ध गराएको छैन। हङकङको नागरिक उड्डयन प्राधिकरणले भने उक्त उडानका चालक दलले गम्भीर गल्ती गरेको भन्दै त्यसबारे नेपालको नागरिक उड्डयनलाई सोधेको छ। सिनियर पाइलटका अनुसार निगमले उक्त घटनालाई सामान्य भने पनि हङकङ प्राधिकरणले पत्र पठाउनुलाई  

सामान्य मानिँदैन। अर्को निगमले पत्रमा यो घटनाबारे समाचार छापिनुअघि नै नागरिक उड्डयन प्राधिकरणलाई इमेलमार्फत जानकारी गराएको बताएको छ। तर प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले निगमबाट यो घटनाबारे कुनै पत्र प्राप्त नभएको नागरिकलाई जानकारी दिए। यस्तै, अर्को क्याप्टेन वाइपी चुहारचन बहराइनमा भएको सिमुलेटर तालिममा अनुत्तीर्ण भएको भन्ने विषयलाई पनि निगमले अस्वीकार गरेको छ।

के भन्छन् पाइलटहरू ?

हङकङमा दुर्घटनानजिक पुगेको जहाजका कोपाइलट उद्धव घिमिरेले घटना गुपचुप नराखिएको दाबी गर्दै त्यसबारेका कुनै पनि कागजात उपलब्ध नगराउने बताए। उनले नागरिकसँगको टेलिफोन कुराकानीमा भने, ‘घटनाको भोलिपल्ट सेफ्टी महाशाखामा रिपोर्ट हालेका छौं।’

उनले दुर्घटनापछि आफूहरूलाई महाशाखाले दुईदिने उडान तालिम पनि दिएको जानकारी दिए। ‘त्यो जहाज दुर्घटनानजिक पुगेको भए हामीलाई उतै कारबाही गरिन्थ्यो, तर प्राविधिक गल्ती थियो। यस्तो गल्ती अरूको पनि हुन्छ। जहाज थोरै मात्र अघि बढेको थियो। अटो पाइलटले काम नगरेपछि हामीले कन्ट्रोल गरेका थियौं,’ उनले भने।  

क्याप्टेन वाइपी जुहारचनले पनि बिहीबार नागरिकसँग कुरा गर्दै उक्त घटना झिनो भएको बताए। उनले त्यतिबेला त्यहाँ अर्को जहाज उड्न लागेको र जहाज अटो पाइलटमा भएका बेला समस्या आएको बताए। ‘जहाजमा मेरो काम त हेर्ने मात्रै थियो, स्टेरिङ अर्कोको हातमा थियो, त्यसपछि मैले हङकङ एटिसी टावरसँग कुरा गरें,’ उनले भने, ‘उसले क्याप्टेनले टावरले भनेको कुरा बुझ्नुपर्ने बताएको थियो। तपाईंले लेखेको कुरामा मेरो केही आपत्ति छैन।’

उनले २००८ डिसेम्बर २४ मा काठमाडौंमा ट्विनअटर जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा आफ्नो गल्ती नभएको उनले बताए। उनले भने, ‘त्यसमा क्याप्टेन मै थिएँ, जहाज देब्रे मोड्नपर्नेमा दाहिनेतिर गयो। त्यतिबेला जहाज अटो पाइलटमा थियो, त्यसैले त्यो प्रविधिक गल्ती हो, मैले ह्याडलिङ गरेर ल्यान्ड गरें, अरू केही पनि भएको होइन।’ उनले त्यसमा दोषी आफू नभएर कमान्डर उज्ज्वल सिलवाल भएको बताए। 

प्रकाशित: ४ असार २०७८ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App