१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मेलम्ची खानेपानीका स्थायी संरचनामा क्षति छैन –आयोजना

कामदारको क्याम्प बगाउँदा ६ बेपत्ता, ४३ को उद्धार

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको स्थायी संरचनामा बाढी–पहिरोले कुनै क्षति नपु¥याएको आयोजनाले दाबी गरेको छ ।  

बाढी–पहिरोपछि हेलिकप्टरमार्फत आयोजनास्थलमा गरिएको अवलोकनबाट स्थायी संरचनामा क्षति नपुगेको प्रवक्ता राजेन्द्र पन्तले बताए । बाढीले हेलम्बुको अम्बाथानस्थित आयोजनाको बाँध (हेडवक्र्स) मा ठूलो क्षति पु¥याएको अनुमान गरिएको थियो । ‘बाँध लगायत स्थायी संरचनामा क्षति छैन,’ उनले नागरिकसँग भने ।  

हेलिकप्टरबाट हेर्दा बाँधको अवस्था ठीक देखिएको उनले जनाए । उनका अनुसार बाँधस्थलबाट स्वभाविक रुपमा नदी बहिरहेको छ । ‘मुहानस्थलमा जति पनि स्थायी संरचना छन् त्यसमा खासै क्षति नपु¥याएको प्रारम्भिक निष्कर्ष आयोजनाको छ,’ प्रवक्ता पन्तले भने । मेलम्ची पानी राजधानी पुगे पनि हेडवक्र्सको काम भने सकिएको छैन । हेडवक्र्स बनाउने काम जारी थियो । अस्थायी संरचनाबाट मेलम्ची पानी राजधानी पु¥याइएको छ ।  

प्रवक्ता पन्तले मुहानस्थलमा केही संरचना पानी मुनी रहेकाले बाढीले त्यसमा भने केही क्षति पु¥याएको हुन सक्ने बताए । तर पानीको सतह नघटेसम्म आयोनाको क्षतिबारे एकिन गरेर भन्न नसकिने उनको भनाइ छ । चिनियाँ कम्पनी सिनो हाइड्र«ोले हेडवक्र्स लगायत मुहानस्थलमा बाँकी काम गरिरहेको छ । बाँधस्थल नजिक आसपास पहिरो गएकोसमेत नदेखिएको आयोजनाले जनाएको छ ।  

बाढीले अम्बाथानमा रहेको सिनो हाइड्रोका कामदार बस्ने क्याम्प भने बगाएको आयोजनाले जनाएको छ । ६ कामदार बेपत्ता भएका छन् । बाढीको समयमा ६०–७० कामदार आयोजनास्थलमा थिए । तीमध्ये बाढीमा फसेका ४३ कामदारलाई हेलिकप्टरबाट उद्धार गरिएको सिनो हाइड्रोले जनाएको छ । निजी क्षेत्रका हेलिकप्टरमार्फत कामदारको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये केही घाइते रहेकाले उनीहरुको धुलिखेल र ग्राण्डी अस्पतालमा उपचार भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । ठेकेदारले आफ्ना ६ कामदार बेपत्ता भएको भन्दै खोजी गरिदिन स्थानीय प्रशासनलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबराम खनालले जानकारी दिए ।

सुन्दरीजल पुगेको मेलम्ची पानी मुहानस्थल नफर्काइएको पनि आयोजनाले जनाएको छ । आयोजनाको साढे २६ किलोमिटर सुरुङको प्राविधिक अवस्था अध्ययन गर्न मंगलबारदेखि राजधानीमा मेलम्ची पानी बितरण बन्द गरिएको छ । प्रवक्ता पन्तले सुरुङको पानी मुहान क्षेत्र नफर्काएर बागमती नदीमा खसालिएको बताए । ‘मुहानक्षेत्रको बाँध बन्द गरेर सुरुङको पानी बागमतीमा खासालेर खाली गराउने काम भइरहेको छ,’ उनले भने ।  

प्रकाशित: २ असार २०७८ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App