१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालकै ठूलो इको प्यानल कम्पनीले दुई महिनाभित्र उत्पादन सुरु गर्ने

भक्तपुरमा नेपालकै ठूलो इको प्यानल (बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने) उत्पादन उद्योग सचालनमा आउने भएको छ। झण्डै दुूई महिनामा यसले इको प्यानल उत्पादन गर्ने योजना बनाएको छ। त्यसका लागि इको प्यानल उत्पादन गर्ने मेशिनहरु चीनबाट पाँंच वटा कन्टेनरमा हिडिसकेको जनाइएको छ।  

जिल्लाको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँं निर्माणको कामहरु अन्तिम चरणमा पुगिसकेको जनाइएको छ। इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चीनबाट आवश्यक मेशिन हिडिसकेको र त्यसमध्ये कुनै नेपालको वीरगञ्ज पुगिसकेको जनाए। ‘ती सवै मेशिनहरु बोकेका कन्टेनरहरु एक महिनाभित्रै कारखानामा आइ पुगिसगिसक्ने छन्, सीईओ इन्जिनियर दुवालले भने, दुई महिनाभित्र उत्पादन गर्ने योजना छ।  

लकडाउनले केही समस्या भयो मात्रै तलमाथि हुनसक्छ।’ यसअघि उद्योगले आवश्यक मेशिन ल्याउनका लागि चीनको फुजियानस्थित एस एल मेशिनरी म्यानफ्याक्चरर कम्पनी लिमिटेडसँंग मेशिन खरिद गर्न र स्थापनाका लागि सम्झौता गरेको थियो। चीनबाहेक केही मेशिनका पार्टपूर्जाहरु भारतबाट पनि आउने सीईओ दुवालले बताए। झण्डै दस करोड लगानीमा सञ्चालन हुने लागेको यो नेपालकै ठूलो इको प्यानल उत्पादन कम्पनी हुने दावी उनले गरे। लकडाउनकावीच पनि धमाधम काम सुरु गरी उत्पादन गर्ने योजना तीव्रताका साथ अगाडि वढिरको उनले जनाए।

उद्योगले विभिन्न इको प्यानलहरुको उत्पादन गर्नेछन् । इपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने जनाइएको छ। साथै कम्पनीले नेपालमै पहिलो पटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानवीच इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र वीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ। जसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानवीच इको प्यानल पनि भनिन्छ । कम्पनीले निकट भविष्यमा यूपीभीसीका झयालढोका पनि उत्पादन गर्ने जनाएको छ।  

इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो। कम्पनीको वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको जनाइएको छ। सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दीगोपना) नाराका साथ कम्पनीले आफनो उत्पादन थाल्ने जनाएको छ।

निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ। हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता वढ्दो छ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App