जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए।
३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो।
सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धिसँगै जेष्ठ नागरिक भत्ता ४ हजार भएको हो।
यसको लागि सरकारले १ खर्ब छुट्याएको छ।
प्रकाशित: १५ जेष्ठ २०७८ ११:०२ शनिबार