१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोरखा ब्रुअरीसहित तीन संस्थाबाट १३ टन सामग्री सहयोग

तामासेक र लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरीले अन्य निकायको समन्वयमा कोभिड १९ सम्बन्धी १३ टन सामान सरकारलाई हस्तान्तरण गरेको छ। यी तीन संस्थाले नेपाल सरकार, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँगको सहकार्यमा सिंगापुरबाट सामान नेपाल ल्याएका थिए। यी सबै सामान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई आइतबार हस्तान्तरण गरिएको छ।

सिंगापुरका दुई दाताका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले मन्त्री त्रिपाठीलाई सामान हस्तान्तरण गरेको ब्रुअरीले जनाएको छ । १३ टन बराबरका सामान नेपाल वायुसेवा निगमको चार्टर उडानमार्फत ल्याइएको थियो। ब्रुअरीका अनुसार सामानको मूल्य करिब ३० लाख सिंगापुर डलर (करिब २५ करोड नेपाली रूपैयाँ) बराबरको थियो। हस्तान्तरण गरिएका सामानमा एक लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पिसिआर परीक्षण, पाँच हजार बाकस सिटोटेस्ट स्वाब किट्स (२,५०,००० किट), २ मागेक३२ आरएनए निकासी मेसिनहरू, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बिआई–पिएपी, नन्–इन्भेसिभ भेन्टिलेटरहरू र ४००० पल्स अक्सिमिटरहरू समावेश छन्। यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही साताभित्र आउने बताइएको छ।

ब्रुअरीका अनुसार तामासेक फाउन्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले कोभिड–१९ का विभिन्न भेरिएन्टबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गर्नु आवश्यक रहेको बताएका छन्।

यस्तै सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्युड २.० पिसिआर कोभिड–१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो। यसै गरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरूमा सहयोग गरेको थियो।

सामान ग्रहण गर्दै मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक र लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरीवाट प्राप्त यो सहयोगप्रति आभार प्रकट गरेका थिए। मन्त्री त्रिपाठीले प्राथमिकताको आधारमा विभिन्न अस्पताललाई अविलम्ब यी सामग्रीहरू वितरण गरी कोभिड–१९ को उपचारमा तीव्रता ल्याउने बताए। उनले कोभिड–१९ को माहामारी बढ्दै गएको अवस्थामा ब्रुअरीबाट आउँदा दिनमा पनि यस्तै सहयोगको आशा गरेको बताए। उक्त सामान हस्तान्तरण गर्ने क्रममा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्री सरकारलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे। सामग्रीहरू प्राथमिकताको आधारमा विभिन्न अस्पताललाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।

गोर्खा ब्रुअरीबाट यसअघि पनि विभिन्न विषम परिस्थितिमा सरकार तथा अन्य विभिन्न क्षेत्रहरूमा निरन्तर रूपमा विभिन्न सहयोग गर्दै आएको छ। २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रूपैयाँ सहयोग स्वरूप प्रदान गरिएको थियो  

 

प्रकाशित: १० जेष्ठ २०७८ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App