१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

१३ अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु बेड जडानका लागि १८ करोडको सहमति

अर्थ मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पताल सहित देशभरका १३ वटा अस्पतालमा अक्सिजन प्लाट जडान तथा खरिद प्रक्रिया अघि बढाउन करिव १८ करोड रुपैयाँ दिने सहमति जनाएको छ । अर्थले भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि २–२ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २५ शय्याको एचडियु बेड जडानका लागि ३ करोड १२ लाख ७० हजार र चरिकोट अस्पतालमा ५ शय्याको एचडियु बेड जडानका लागि ८० लाख रुपैयाँ दिने सहमति जनाएको छ । 

यस्तै चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख जिरीमा ५ शय्याको एचडियु बेड जडानका लागि ८० लाख रुपैयाँको सहमति पनि अर्थ मन्त्रालयले दिएको छ । यस्तै बाजुरा अस्पताल, बझाङ अस्पताल, ताप्लेजुङ जिल्ला अस्पताल, अछाम जिल्ला अस्पताल, सोलुखुम्बु जिल्ला अस्पताल, डोटी जिल्ला अस्पताल, खोटाङ जिल्ला अस्पताल, सूर्यविनायक नगरपालिकाको सूर्यवियानक अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अक्सिजन प्लान्ट जडानका लागि प्रत्येकमा ७५–७५ लाख रुपैयाँका दरले निकासा दिने सहमति अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ दिएको छ । यस्तै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, डोटी अस्पताल र बझाङ जिल्ला अस्पतालमा ५–५ शय्याको एचडियु बेड जडानका प्रत्येकलाइ ८०–८० लाख रुपैयाँ दिने सहमति समेत अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ ।  

गत ४ जेठमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेटको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोधपत्र पठाएका थिए ।

प्रकाशित: ८ जेष्ठ २०७८ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App