३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तीय संस्थाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

मोरङका बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक बाहेकका सबै सेवा जेठ ६ गतेदेखि  ११ गतेसम्म बन्द हुने भएको छ।

कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले  अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न मोरङका बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको हो।  

बुधबार पत्राचार गरी राष्ट्र बैंक विराटनगर कार्यालयले अत्यावश्यक बैंकिङ सेवा यथावत राखी अनलाइन बैंकिङ, एटीएम र अनकल सेवालाई व्यवस्थित गरी अन्य सबै क्रियाकलाप निषेधाज्ञा अवधिभर बन्द गर्न मोरङका बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ। नेपाल राष्ट्र बैक विराटनगर कार्यालयका निर्देशक सत्यन्द्र तिम्सीनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको अनुरोध बमोजिम मोरङका बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको उल्लेख छ।

मोरङमा कोरोनाको संक्रमण तीब्र्र रुपमा फैलिए पनि बैंक तथा वित्तीय संस्थामा भीडभाड हुने क्रम रोकिएको छैन। अन्य सबै व्यापार व्यवसाय बन्द रहे पनि बैंकमा सर्वसाधारणको भीड नघटेपछि कोरोना संक्रमण रोक्न बैंकको सेवा पनि केहि समय बन्द गर्न चौतर्फी दबाब परिरहेको थियो।

सोही कारण बैंशाख ३१ गते मोरङका प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञा आदेश जारी गर्दा नै बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक सेवा, अनलाईन बैंकिङ, एटीएम र अनुकूल सेवालाई व्यवस्थित पार्ने उल्लेख गरिएको थियो। प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेको ६ दिन पछाडि मात्रै राष्ट्र बैंक विराटनगर कार्यालयले मोरङका बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न अनुरोध गरेको हो।

प्रकाशित: ५ जेष्ठ २०७८ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App