७ वैशाख २०८१ शुक्रबार
अर्थ

एडभान्स्ड इन्जिनियरिङ कलेजको अन्तरसञ्जाल सम्मेलन

एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मन दूतावास तथा गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सम्पन्न गरेको छ। जर्मनीका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले उक्त अन्तरसञ्जाल सम्मेलनको गरिएको हो। अनलाइनबाट भएको उक्त सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफर सहभागी थिए।

गोथे जेन्ट्रम काठमाडौंका निर्देशक विज्ञ सेबस्टेन वैस्टेक, भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन तथा परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले सम्मेलनको सञ्चालनमा महत्त्वपूर्ण योगदान पु¥याएका थिए। सम्मेलनको सहजीकरण सोजन प्रजापतीले गरेका थिए।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले एडभान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट परिवारप्रति कृतज्ञता व्यक्त गर्दै कोभिड महामारीको दोस्रो लहरले नेपालमा पारिरहेको असरबारे चासो व्यक्त गरे। राजदूत स्याफरले यस्ता संकटका समयमा जर्मनी तथा युरोपेली युनियनले नेपालाई सहयोग गरिरहने बताए। इन्जिनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण उपलब्ध गराउने उपयुक्त गतिमा रहेको नेपालप्रति राजदूत स्याफरले प्रसन्नता व्यक्त गरे।

गोथे जेन्ट्रम काठमाडौंका निर्देशक सेबस्टेन वैस्टेकले संस्थाको नाम गोथे रहनुका पछाडिको छोटो इतिहास प्रस्तुत गर्दै यसले राष्ट्रको विविधतापूर्ण संस्कृति र कलालाई कसरी प्रतिविम्बन गर्छ भन्ने विषयमा चर्चा गरे। गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका दुई सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा भाग रहेको निर्देशक वैस्टेकले बताए। गोथे जेन्ट्रमसँग विश्वभरिका विज्ञहरूको सीपयुक्त समूह रहेको पनि उनले जिकिर गरे।

गोथे जेन्ट्रम काठमाडौंका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन तथा संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले संयुक्त रूपमा जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा कलात्मक प्रस्तुति दिएका थिए। एडभान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले संस्थालाई राजदूत स्याफरद्वारा प्रदान गरिएको मूल्यवान समयको सराहना गरे।

प्रकाशित: ५ जेष्ठ २०७८ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App