१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्से पाँच वर्षयताकै उच्च विन्दूमा

काठमाडौं—सेयर बजार निरन्तर बढेपछि तीन पटक सर्किट ब्रेकर लगाएर बुधबारको कारोबार स्थगित भएको छ । दिउँसो १२ देखि ३ बजेसम्म कारोबार हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन पटक सर्किट ब्रेकर लागेपछि कारोबार डेढ बजे नै स्थगित गरिएको छ।नेप्से करिव ३३ अंकले बढेर ८०४ अंक माथि पुगेको छ। यो साढे पाँच बर्षयताकै उच्च अंक हो । बजार सुरुमा ५ अंक बढेर खुलेको थियो । कारोबार सुरु भएको केही मिनेटमै बजार ३ प्रतिशतले वढेपछि पहिलो सर्किट ब्रेकर लगाएर १५ मिनेटलाई कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि पुनः खुलेको बजार ४ प्रतिशतले बढेको थियो । आधा घण्टा कारोबार स्थगित भएपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि बुधबारको कारोबार स्थगित गरिएको हो।

प्रकाशित: ३ पुस २०७० ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App