११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

गुनासो लिन राष्ट्र बैंकको छुट्टै वेब पोर्टल

बैंक, वित्तीय संस्थाले व्यावसायिक मूल्य मान्यता र नियमअनुसार सेवा नदिएको खण्डमा सिधै नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सकिने भएको छ। राष्ट्र बैंकले सर्वसाधारणको गुनासो लिन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। 

राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक, वित्तीय संस्थार विभिन्न प्रकारका संस्था, एजेन्टबाट ग्राहकसँग निष्पक्ष, विश्वसनीय,र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गराउने र वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यले उक्त वेब पोर्टल सञ्चालनमा ल्याएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र वित्तीय क्षेत्रको नियमनकारी निकाय हो। उसले ग्राहकको गुनासो लिन गुनासो डट एनआरबी डट ओआरजी डट एनपी पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। ग्राहकले गुनासो दर्ता गराएपछि सोको जानकारी र दर्ता नम्बर इमेलमार्फत गुनासोकर्तालाई पठाउनेर उजुरीकर्ताले सोही नम्बरका आधारमा आफूले गरेको गुनासोमाथि भएको कारबाहीबारे थाहा पाउन सक्ने केन्द्रीय बैंकको भनाइ छ।  

राष्ट्र बैंकको पोर्टलमा दर्ता भएको गुनासोको अन्तिम निर्णयबारे इमेलमार्फत जानकारी गराइने पनि विज्ञप्तिमा  उल्लेख छ। साझेदारीले अनुसन्धानर विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सिआइटी) र जर्मनीको टेक सेन्टरमा भइरहेका कामलाई थप विस्तारगर्ने बताइएको छ।  

प्रकाशित: १० वैशाख २०७८ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App