१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा महत

नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन्। महतसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव छ।

बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटल लिमिटेड नेपालको पुँजी बजारमा सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने प्रमुख उद्देश्यले सञ्चालित रहेको विज्ञप्तिमा उल्लेख छ।

 कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रूपमा कानुनी अस्तित्व प्राप्त गरेर धितोपत्रसम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा कारोबार गर्न अनुमति प्राप्त संस्था रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ वैशाख २०७८ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App