१६ चैत्र २०८० शुक्रबार
अर्थ

चौरीसँग रमाउँदै

चौरी महोत्सवका भेला भएका चौरी । तस्बिर : गिरिराज /नागरिक

बिहानैदेखि तीनसिमान/फालोट क्षेत्रमा चहपलह बढ्यो । चौरी डुल्ने यी लेकाली डाँडाहरुमा नयाँ वर्षको  पहिलो दिन आगन्तुकहरुको चलपहल ह्वात्तै बढ्यो । कोहि चौरीसँग फोटो खिचिरहेका देखिन्थे त कोहि भारतसँग भूमि छुट्याइएको सिमा स्तम्भमा उभिएका देखिन्थे । करिव तीनसयको संख्यामा अघिल्लो दिननै यहाँका चौरी गोठ र टेण्ड भरीभराउ थिए । विहानैदेखि गाडी र मोटरसाईकलको आउने क्रम बढ्यो ।  

प्राकृतिक रुपमा अत्यान्त सुन्दर यो क्षेत्रमा यसरी जमघट गराउने काम चौथो चौरी महोत्सवले गरेको थियो । फालेलुङ गाँउपालिकामा पर्ने यो क्षेत्रमा चौरी महोत्सवले नया वर्षको बिहानीदेखि साझसम्म रौनक ल्याईदियो । ३ हजार ६ सय मीटर उचाई आसपासमा भएको यो महोत्सवको भुगोल कठिन भएपनि आयोजकले चुस्त व्यवस्थापन गर्ने प्रयास गरेका थिए । चौरी डुल्ने यी डाँडाँहरु यसपाली आन्तरिक र वाह्य पर्यटकले भरिभराउ भए ।  

विगतमा महोत्सव चारराते भन्ने ठाँउमा लाग्ने गरेको थियो । सडक सुविधा भएकाले पनि महोत्सवमा आन्तरिक पर्यटकको चाप बढ्यो । महोत्सवमा झापा, इलाम, ताप्लेजुङ लगायतका जिल्लाबाट पनि उलेख्य उपस्थिती थियो । यो पल्ट भारतीय पर्यटकले महोत्वसमा उपस्थित हुन पाएनन् । छेउछेउमा गुराँस फूलेको बाटो हँुदै आन्तरिक पर्यटक महोत्सव स्थान पुगे ।  सिक्खिम भारतमा गाभिनु भन्दा पहिले सिक्किम, भारत र नेपालको सिमाना भएकाले यो ठाँउलाई तीन सिमाना भनिएको थियो । भौगोलिक, प्राकृतिक रुपमा सुन्दर यो ठाँउमा क्रम बोर्डर पर्यटकीय क्षेत्रको परिकल्पना पनि गरिएको थियो।  

महोत्सवको भौतीक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गरे । चौरी लगायत पशुपालन व्यवसायीलाई प्रोत्साहन गर्न र पर्यटन प्रवद्र्धन गर्नका निम्ति महोत्सव महत्पूर्ण भएको उनको भनाई थियो । महोत्सवमा विभिन्न क्षेत्रबाट चौरी भेला गरीएको थियो । दुध जन्य उत्पादनको प्रर्दशनी, सास्कृतिक कार्यक्रम समेत राखिएको थियो । मुल आयोजक समितिले चौरी महोत्सवमा स्थानीय उत्पादन तथा समाग्रीलाई बढी जोड दिएको थियो ।  

चौरी महोत्सव फालेलुङ कञ्चनजंघा पर्यापर्यटन संस्था, दिप ज्योती युवा क्लब र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाले आयोजना गरेका थिए । फालेलुङ गाँउपालीकाले प्रवद्र्धन गरेको महोत्सवमा कञ्चजंघा भु–परिधि संरक्षण तथा विकास पहल नेपाल सहआयोजक रहेको थियो । हरेक नयाँ बर्षमा चौरी महोत्सव हुन्छ भन्ने धारणा सर्वसाधारणले बनाइ सकेको गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले बताए ।  

चौरीमा सरकारले लगानी बढाउनु पर्यो  

चौरी महोत्सवको महत्व बढ्दै गएको छ । महोत्सव हुने भएपछि चौरी व्यवसायीहरु मेहनत गरेर खटिन्छन् । अब महोत्सवमात्र नभएर चौरी क्षेत्रमा सरकारी लगानी बढ्नु पर्ने उनीकहरुको भनाइ छ।  चौरी व्यवसायीलाई प्रोत्साहन गर्ने, अनुदान सहयोग, चौरी विशेष कार्यक्रम, चरण सम्बन्धी सुविधा लगायतमा सरकारको ध्यान पुग्नु पर्ने उनीहरुको भनाइ छ । ‘हिमाली र उच्च पहाडी क्षेत्रमा रहेका चौरी व्यवसायीलाई लक्षित गरी सरकारको विशेष कार्यक्रम आवश्यक छ । भौगोलिक दृष्ट्रिकोणले असहज भएका ठाँउमा पूर्वाधारको सुविधासँगै व्यवसाय वृद्धिमा सहयोग पु¥याउन आवश्यक छ’ फालोटका चौरी पालक चन्द्र नेपाल भन्छन् ‘थोरै जिल्लामा मात्र  पालीने चौरी व्यवसायीकालागि सरकारले नीति बनाएर सहयोग गर्नु पर्छ ।’

चौरीलाई पर्यटनसँग पनि जोडेर हेर्ने गरीन्छ । पाँचथरका चौरी गोठमा पर्यटकलाई राख्न ‘गोठस्टे’ को विकास गरिएको छ । यसलाई निरन्तरता दिनका साथै बाटो लगायका पूर्वाधार व्यवस्थित गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ । ‘पोहोर साल कोरानाका कारण भारतले सडक बन्द गरीदिदा हिड्न तथा समान ल्याउन समस्या भयो । नेपाल तर्फ व्यवस्थीत सडक तथा टे«किङ रुट बनाउन आवश्यक छ’ अर्का व्यवसायी थर्कमान गुरुङले भने ‘चौरी पालनमा नयाँ पुस्ताको आर्कषण हुन सकेन भने समस्या हुने देखिएको छ । तीनैवटा सरकारको ध्यान पुग्नु आवश्यक छ ।’

चारीका दुधबाट ध्यू छुर्पिको उत्पादन हुने गरेको छ । चरणको पनि समस्या हुने गरेको बताईन्छ । ‘घ्यू छुर्पिमात्र नभई चिज लगायतका उत्पादनमा जोड दिन आवश्यक छ । व्यवस्थीत गोठ, व्यवसायीक उत्साहका लागि काम आवश्यक छ । भौतिक सुविधासँग पुशप्राविधिक व्यवस्थापन लगायतका सरकारको ध्यान पुग्नु पर्छ’ चारारातेका व्यवसायी जंग राईले भने ‘घरभन्दा टाढा हिमालको दुखमा झेल्दै भईरहेको चौरी पालनलाई सरकारको सहयोगी नीति आवश्यक छ ।’

पछिल्ला बर्षमा चौरी पालन व्यवसायमा युवाहरुको कम आर्कषण छ । पशुपालकलाई पुस्कृत गर्दै आर्कषक पेशाको रुपमा विकसित गर्नु पर्ने केहि व्यवसायीको जोड छ ।‘चौरी विनाको हिमाल र हिमाल बिनको चौरी त कस्तो होला र । चौरी व्यवसायको वहुआयमिक विशेषत छ’ ताप्लेजुङको सिदिङ्वाका चौरी व्यवसायी भीम भण्डारी भन्छन् ‘बन वातावरण जोगाउदै चौरी पालन अघि बढाउनकालागि सरकारी सहयोग आवश्यक छ । प्रोत्साहन र आर्कषण बढाउने काम गर्नु पर्छ ।’ चौरी पालनबाट घाटा नहुने भएपनि हिमाली तथा उच्च पहाडी क्षेत्रको असुविधामा काम गर्न युवा पुस्ताको काम ध्यान छ ।

प्रकाशित: २ वैशाख २०७८ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App