१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

त्रिशुलीमाथि बन्दै गरेको पक्कि पुल भत्कियो (तस्बिरसहित)

मंगलबार बिहान भत्केको त्रिशुलीमाथिको निर्माणाधिन पुल ।

चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाघाट जोड्नेगरि त्रिशुली नदिमाथि निर्माणाधिन पक्कि मोटरेवल पुल गएराती भत्किएको छ । एकमहिना अघि ढलान भएको पुलको चिवतन पट्टिको खण्ड भत्किएको हो ।  

निर्माणाधिन अवस्थामा रहेको यो पुल चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य थियो । मंगलबार बिहान ४ बजे पुल भत्किएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । ‘बिहान ४ बजेतिर बढेमानको आवाज निकाल्नेगरि पुल भत्केको रहेछ,’ उनले भने ।  

भरतपुर डिभिजन सडक कार्यालयका सुचना अधिकारी शिव खनालका अनुसार निर्माणाधिन पुलको लम्बाई २ सय मिटर हो । १० मिटर चौडाई रहेको पुलमा चारवटा स्पान रहेका थिए । चितवन खण्डका २ वटा ४० मिटर लामो स्पान भत्केको खनालले बताए । खनालका अनुसार पुलमा तीनवटा पक्कि स्पान र एउटा स्टिल स्पान राख्ने तयारी थियो ।  

चितवन खण्डमा २ वटा र तनहुँ खण्डमा एउटा पक्कि स्पान राख्ने गरि पुल डिजाइन भएको थियो । ८० मिटर लामो स्टिल स्पान भने बीचमा राख्ने तयारी थियो । तर चितवन खण्डका स्पान भत्केका छन् ।  

२०७१ कात्तिकमा निर्माण थालिएको पुलको लागत १६ करोड ५३ लाख रुपैयाँ थियो । पुल बनाउने जिम्मा इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा लिएका थिए । बागमति र गण्डकी प्रदेशलाई जोड्ेनगरि यो पुल निर्माणा हुँदै आएको थियो । पुल भत्किनुको कारण खुलेको छैन । 

प्रकाशित: २४ चैत्र २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App