काठमाडौं- भारतीय मुद्राको अवमूल्यन हुने क्रम आज बिहानैदेखि तिब्र हुँदा १ अमेरिकी डलरको नेपाली मूल्य १ सय १० रुपियाँभन्दा माथि पुग्ने भएको छ। हिजो नेपाली बजारमा १ डलरको मूल्य १ सय ५ रुपियाँ ३१ पैसामा कारोबार भएको थियो। आज १ डलरको मूल्य ६८.८२ भारुमा कोरोबार भयो। यो अहिलेसम्मकै महँगो कारोबार हो। यस आधारमा आज नेपाली रुपियाँ अमेरिकी डलरसँग झन्डै चार रुपियाँ सस्तिन पुग्यो। आज नेपालमा विदा भएकाले बैंकहरुमा कारोबार नभएपनि मनि एक्सचेन्जहरुमा मात्र सटही गर्न सकिन्छ। उनीहरुले भारतीय रुपियाँको मूल्यललाई आधार मानेर नै कारोबार गर्ने गर्छ।
डलरको मूल्यमा आएको बृद्धिले निर्यातमा आधारित रहेको नेपालको अर्थतन्त्रलाई थप प्रभावित पार्ने देखिन्छ। इन्धनदेखि लत्ताकपडासम्मको मूल्यवृद्धि हुने सम्भावना बढेको छ। रेमिट्यान्सबाट भने डलर महँगिँदा फाइदा हुने गर्छ।
प्रकाशित: ११ भाद्र २०७० २२:४७ मंगलबार