८ वैशाख २०८१ शनिबार
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने ८७ हजार रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

तेजावी सुन आज प्रतितोला ८६ हजार ५ सय५० रुपैयाँमा कारोबार हुनेछ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आइतबार एक हजार २ सय८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार २ सय६० रुपैयाँमा कारोबार हुने बताइएको छ।

प्रकाशित: ९ चैत्र २०७७ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App