७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पञ्चकन्या एस.एस एक्पोट्सले उत्पादन थाल्यो

भैरहवा सेज

पञ्चकन्या ग्रुपले भैरहवाको सेजमा स्थापना गरेको पञ्चकन्या एस.एस एक्पोट्स प्रा.लिले आफ्नो उत्पादन थालेको छ । देशकै ठुलो औधोगिक घराना मध्येको एक पञ्चकन्या ग्रुपले सेजमा एस.एस ट्यांकी उत्पादन गर्ने उद्योग संचालनमा ल्याएको हो । उद्योगले २ सय ५० लिटर देखि १० हजार लिटर क्षमताका स्टील ट्यांकी उत्पादन थालेको हो । उद्योगको एक कार्यक्रमका बिच पञ्चकन्या समुहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्घाटन गरे । पञ्चकन्या ग्रुपले ३० करोड बढी लागतमा उद्योग स्थापना गरेको हो । उद्योगमा २५जनाले रोजगारी पाएका छन ।

सेजमा सञ्चालनमा ल्याइएको उद्योगबाट २ सय ५० लिटर देखि १० हजार लिटर सम्मका ट्यांकी उत्पादन गर्न लागिएको पञ्चकन्या समुहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए । १० हजार लिटर क्षमताको स्टील ट्यांकीको उत्पादन नेपालमै पहिलो भएको दावी उपमहाप्रबन्धक साहुले गरे । २०६९ सालदेखि काठमाण्डौको थानकोटमा स्टील ट्यांकी उत्पादन गर्दै आएको पञ्चकन्याले विदेश निर्यातामा थप सहजता ल्याउनका लागि सेजमा दोस्रो उद्योग स्थापना गरेको उनले बताए ।

सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने प्रावधान छ । यसअघि पञ्चकन्याकै उद्योगबाट उत्पादन भएका ट्यांकी भारतको लखनउ तथा कलकत्ता निर्यात भइरहेको थियो । भारतमा ती ट्यांकीको माग बढेपछि सेजमा उद्योग स्थापना गरी उत्पादन थालेको पञ्चकन्या समुहका उपाध्यक्ष श्रेष्ठले बताए ।

एस.एस एक्पोट्सले ३ सय ४ तथा ३ सय १६ ग्रेडका भर्टिकल र होरिजेण्टल एस.एस ट्यांकी उत्पादन गरिरहेको उनले बताए । सेजमा सुरु भएको उद्योगले वार्षिक साना ठुला गरी ८० हजार थान ट्यांकी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिएको उपमहाप्रबन्धक साहुले जानकारी बताए । पञ्चकन्याले सेजमा दुइ वटा उद्योग सञ्चालनका लागि ४ वटा प्लट लिगेको छ ।  

सेजमा सञ्चालनमा आएको पञ्चकन्या एस.एस. एक्पोट्स प्रा.लि.को उद्योगका कारण अब थप उद्योग छिट्टै सञ्चालनमा आउन सहज भएको विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवाका प्रमुख अर्जुन पाण्डेले बताए । उनले सेजमा उद्योग सञ्चालनका लागि आवश्यक पर्ने विद्युत लगायतका सेवा सुविधाको प्रबन्धको तयारी भइरहेको उनले बताए ।  

 

प्रकाशित: ८ चैत्र २०७७ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App